- https://doi.org/10.3126/kmcnj.v5i5.73775
राजेश्वरी खण्डकाव्यमा ध्वनि
- Dec 31, 2024
- K. M. C. Nepali journal के. एम. सी. नेपाली जर्नल
- शान्ति भट्ट Shanti Bhatta फुलारा Fulara
नेपाली साहित्यका एक उज्ज्वल नक्षत्र कवि माधवप्रसाद घिमिरेले नेपाली साहित्यमा अतुलनीय योगदान दिएका छन् । आफ्ना रचनामार्फत् मानवता, राष्ट्र प्रेम अनि प्रकृति प्रेमको चित्रण गर्ने घिमिरेले राजेश्वरी खण्डकाव्यमा पनि मानवतालाई नै प्रमुख केन्द्र बनाएका छन् । ऐतिहासिक विषयवस्तुमा आधारित राजेश्वरी खण्डकाव्यमा प्राकृतिक सुन्दरता, राष्ट्रप्रेम,दरवारिया छलछाम, मानवता प्रस्तुत गरिएको छ । शासन सत्ताका लागि हुने षड्यन्त्र, मानवमा हराउँदै गएको मानवता, छलछाम राजेश्वरी खण्डकाव्यमा प्रस्तुत गरिएको छ । दरवाररियाको षड्यन्त्रले एक्लै हेलम्बुमा निर्वासित जीवन बिताइरहेकी रानी राजेश्वरीलाई दूतहरूले राजाको झुटो प्रेम सन्देश सुनाएर सती जानका निम्ति त्यहाँबाट ल्याइन्छ । रानी राजेश्वरीलाई छल गरेर दूतहरुले एक वास वर आएर मात्र राजा स्वर्गे भएको खबर सुनाउँछन् । रानीले त्यो वासस्थान नै आफ्नालागि उचित भएको, आफूलाई मान्छेको दुर्गन्धदेखि टाढा बस्न मन लाग्ने, त्यस पर्णकुटीमा मैले आफ्नो जीवन आनन्दले बिताएकी छु मलाई हेलम्बुमै फर्कन देऊ भनी आग्रह गर्छिन् तर उनलाई फर्किन दिइदैन । राजा स्वर्गे भएको खबरले दुखी बनेकी रानीका पीडाको प्रस्तुति पाँचौँ छालमा गरिएको छ । पतिको जीवन रहुन्जेल मात्र पत्नीको जीवन छ, श्रृङ्गार छ, सुख छ ,जीवन सार्थक छ । राजाको अवसान पछि रानीले आफ्नो श्रृङ्गार धुनु पर्ने, जीवन दुःखैदुःखले भरिने, क्षणभरमै जीवन ओइलिने, वैधव्यको जीवन जिउनु पर्ने जस्ता मर्मस्पर्शी भाव पाँचौँ छालमा व्यक्त गरिएको छ । रानीलाई छल गरेर दूतहरूले हेलम्बुबाट ल्याएका हुन्छन् । राजाको मृत्युको खबरले रानीका मनमा आएका पीडाभावका साथै मलाई हेलम्बुमै फर्कन देऊ म त्यही एकान्तमा गएर आफ्नो शेष जीवन तपस्वी बनेर बिताउने छु भन्ने भाव पाँचौँ छालमा व्यक्त गरिएको छ ।